काठमाडौं ।
आफुविरुद्ध परेको उजुरीविरुद्ध प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजेसम्म उजुरी दिनुपर्ने भएको छ ।
फरक फरक जन्ममिति भएको भन्दै देउवा विरुद्ध उजुरी परेको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ ।
देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ ।
डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवा माथी परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवा बिरुद्ध सोमवार उजुरी परेको थियो ।













