पोखरा ।
गण्डकी प्रदेशका कानुन सञर तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गाडी फिर्ता गरेका छन् । मन्त्रि भए पछि सरकारले दिएको सुविधाको गाडी थापाले फिर्ता गरेका हुन् ।
निर्वानका लागि कास्की क्षेत्रनम्बर २ (२) बाट उम्मेदवारी दिएका थापाले भोलिपल्ट सरकारी गाडी फार्ता गरेका हुन् । गाठीको चाबी सचिव शम्भुराज रेग्मीलाई बुझाएका छन् ।
मन्त्री थापाले २०७४ मा निर्वाति भए पछि सांसद वापत पाउने सेवा सुविधा समेत आफ्नै निर्वान क्षेत्रमा खर्च गरेका छन् । उनले आगामी निर्वाचनबाट निर्वाचित भएमा पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।
चाबी बुझाएपछि मन्त्री थापाले फेसबुक स्टाटस लेख्दै सरकारी सम्पतीको दुरुपायोग नहोस् भन्नेमा सचेत रहेको बताएका छन् ।
सुविधास्वरुप प्राप्त गाडी फिर्ता
गण्डकी प्रदेश सरकार अन्तर्गत कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सरकारी गाडी सुविधा प्राप्त गरेको थिएँ । आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु । प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि पत्रकार सम्मेलन गरी जानकारी गराएको थिएँ । जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा हिजो पनि सचेत थिएँ, आज पनि छु र भविष्यमा पनि यसैमा मेरो प्रतिवद्धता रहनेछ । धन्यवाद













