उम्मेदवार विरुद्ध उजुरी दिने समय आज विहान १० देखि दिउँसो ३ बजेसम्म

केन्द्रभाग मिडिया

पोखरा ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने समय तोकेको छ ।

आयोगले प्रकासित गरेको कार्यतालिका अनुसार मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी २४ र २५ असोजको दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्णय गर्ने छ । २५ असोजमा आयोगले उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने असोज २६ गते उम्मेदवारको नाम फिर्ताका लागि समय तोकेको छ ।

यस्तै, २६ असोजको दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाश गर्ने र सोही दिन उम्मेदवारहरूलाई आयोगले निर्वाचनको चिह्न प्रदान गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान ४ मंसिरलाई तोकिएको छ ।

  • २४ आश्विन २०७९, सोमबार ०९:०० प्रकाशित