पोखरा।
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज हुदैँछ। निर्वाचन आयोगले आज उम्मेदवारी दर्ताको मिति तोकेसगै दलहरु आ–आफ्ना उम्मेदवार लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय जादैँ छन् ।
कास्कीका प्रतिनिधि सभा तर्फ तीन र प्रदेश सभा तर्फ ६ निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता हुदैँछ । सक्ता गठबन्धन र नेकपा एमाले उम्मेदवार सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने तयारीमा छन्, भने अन्य साना पार्टी र स्वतन्त्र उम्मेदवारहरु पनि उम्मेदवारी दिनका लागि तयारीमा रहेका छन् ।
एमालेले ११ बजे र गठबन्धनले १ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन् । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।













