काठमाडौं ।
कांग्रेस महामन्त्री गगन थापा संघीय राजधानी छाडेर निर्वाचन लड्न तराई ओर्लने भएका छन् । उनले काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवारी दिने भएका हुन् ।
गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।
२०६४ सालमा समानुपातिकबाट सांसद बनेका थापा २०७० र २०७४ मा काठमाडौँ –४ बाटै निर्वाचित भएका थिए।













