भीम रावलले टिकट नपाएपछि एमाले अछामका ३८ जनाले दिए सामूहिक राजीनामा

केन्द्रभाग मिडिया

अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् ।

केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको उनीहरुको भनाई छ ।

एमालेले रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ।

 

  • २२ आश्विन २०७९, शनिबार १७:०३ प्रकाशित