काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले आउदो निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।
सापकोटाले २०६४ र २०७० मा सिन्धुपालनचोक २ बाट चुनाव जितेका थिए । सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र कांग्रेसको भागमा परेको छ ।














