पोखरा ।
नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा आफ्ना समर्थकहरुलाई लामो सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
अध्यक्ष ओलीसंग फरक मत राख्दै आएबापत आफूलाई प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्नबाट नै बञ्चित गारइएपछि एमालेबाट अलग भएको घोषणा गरेका भुषालले कुनै मोडमा पुन भेट हुने सन्देश दिएका छन् ।
अध्यक्षमा केपी ओली आएपछि एमाले संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गएको, आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गएको र , अहिले पार्टी अध्यक्ष ओलीको केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको उनले उल्लेख गरेका छन्।














