यसपाली दसैंमा राष्ट्र बैंकबाट ५६ अर्बका नयाँ नोट साटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

यो पाली दसैंका लागि साना ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ ।

५, १०, २०, ५० र १०० रुपैयाँ र ठूला दरका ५०० र १००० रुपैयाँ गरी नेपाल राष्ट्र बैंकबाट साना दरका १६ अर्ब र ठूला दरका ४० अर्ब रुपैयाँ नयाँ नोट साटिएको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिएकी छिन् ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालयमार्फत गत २९ भदौदेखि नयाँ नोट साटेको थियो । बैंक तथा वित्तीय संस्थाले असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गते नै नयाँ नोट पठाएको थियो । आजबाट सार्वजनिक बिदा सुरु भएकाले दसैंका लागि नयाँ नोट साट्न बन्द भएको छ ।

  • १६ आश्विन २०७९, आईतवार १५:५८ प्रकाशित