काठमाडौं ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीको सहमतिसहित आफूले राप्रपाको हलो चिह्न लिएर चुनाव लड्ने घोषणा गरेका हुन् । उनले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा आजसम्मकै गर्व गर्न सक्ने मध्येको सबैभन्दा सशक्त सांसदको रुपमा संसदमा जनताको आवाज बोल्ने प्रतिबद्धता गरे ।
उनले भने, ‘म यो सुनिश्चित गराउनु चाहान्छु कि तपाईँहरुले यसपटक मलाई तपाइँहरुकै क्षेत्रमा रहेको संसद भवनमा पठाउनुभयो भने आजसम्मकै तपाईँहरुले गर्व गर्न सक्ने मध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईँहरूको आवाज संसदमा बुलन्द गर्नेछु ।’












