काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही नै ब्याक भएका छन् ।
नेकपा एमालेले धनुषा छाड्न नमानेपछि महतो सर्लाही नै ब्याक भएका हुन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।
उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले भने, ‘हालसम्म पनि धनुषा–३ कै लागि हामीले प्रयास गरिरहेका छौं तर केपी शर्मा ओली सो क्षेत्रका लागि अडानमा बस्नुभएको छ, यदि मान्दै मान्नुभएन भने राजेन्द्रजी सर्लाही–२ बाट चुनाव लड्नु हुन्छ ।’












