पोखरा।
साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २९ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैया ७९ पैसा रहेको थियो ।
डलर एकको खरिददर १३० रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ २८ पैसा छ ।बेलायती पाउण्ड एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४० पैसा रहेको छ ।हिजो भने पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ २३ पैसा थियो ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९ रुपैयाँ ०७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ ।