राप्रपाको कार्यसम्पादन समिति सदस्यमा रेखा थापा मनोनित

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् ।

  • १३ आश्विन २०७९, बिहीबार १६:२८ प्रकाशित