मन्त्री थापाद्धारा सामाजिक कार्यमा गरेका खर्च विवरण सार्वजनिक : के- के मा खर्च भयो ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफु सांसद निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा गरेका खर्च सार्वजनिक गरेका छन् ।

आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री थापाले खर्च बिवरण सार्वजनिक गरेका हुन् । मन्त्री थापाले २०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा ५८ लाख २९ हजार ६६ रुपैया ५२ पैसा खर्च गरेको जानकारी दिए।

थापाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पहिलो वर्ष १० लाख ५४ हजार ६ सय ५५ रुपैयाँ, दोस्रो वर्ष ९ लाख ३ हजार ७ सय १, तेस्रो वर्ष १२ लाख, ४७ हजार ४० रुपैयाँ र चौथो वर्ष ११ लाख ३६ हजार ७ सय रुपैयाँ सामाजिक कार्यमा खर्च भएको छ ।

थापाले सार्वजनिक गरेको विवरण अनुसार २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ ३९ पैसा रहेको छ । जुन रकम बैठक भत्ता देखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको भएको मन्त्री थापाले बताए ।

मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री थापाले प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि लिएका छैनन् ।

  • १३ आश्विन २०७९, बिहीबार १०:०५ प्रकाशित