काठमाडौं ।
कांग्रेसको शेखर कोइराला र गगन थापा समुहले आज पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् ।
आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै सो समूहले धर्ना दिएका हुन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका थिए ।
‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका हौं । अन्याय सहँदैनौं भनेर विरोध गरेका हौं‚’ धर्नामा सहभागी हुँदै गर्दा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने‚ ‘त्यसैले हामी प्ले(कार्ड बोकेर नाराबाजी गर्दैनौं । धर्ना पूर्ण रूपमा मौन छ ।’
सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ ।












