पोखरा।
पछिल्लो केही दिन देखि डलरको भाउ उकालो लागिरहेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ८४ पैसा छ ।
यस्तै आज युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९ रुपैयाँ ०६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७९ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।