काठमाडौं ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।
के के गर्न पाईदैन ?
–विश्वविद्यालय वा विद्यालय प्रयोग गरि निर्वाचनसम्बन्धि भेला वा प्रचारप्रसार गर्न पाइदैंन ।
-राजनितिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित टिर्सट, टोपी, क्याम्प, गम्छा, लकेट लगायतका पहिरन, स्टीकर, लोगो, -झोला,टुयाटु लगायतका सांकेतिक सामाग्री उत्पादन वा बिक्रि वितरण गर्न पाइनेछैन ।
-बालबालिकालाई प्रचारप्रसारमा सामेल गर्न पाइने छैन ।
-निषेधित क्षेत्र र समयमा बैठक , भेला, कोणसभा वा प्रचारप्रसार गर्न पाइने छैन ।
-सार्वजनिक आवागमनमा अवरोध हुने गरि जुलुस, भेला वा आमसभा गर्न नपाइने ।
-सामाजिक सञ्जालमा गलत वा भ्रामक तथा द्धेषपूर्ण सूचना प्रवाह गर्न पाइने छैन ।
-कसैको व्यक्तिगत जीवनमा आँच आउने, चरित्र हत्या गर्ने, लाञ्छना लगाउने, मानहानी हुने खालको अभिव्यक्ति दिन नपाइने, र त्यस्ता -सामाग्री उत्पाद तथा बिक्रिवितरण नपाइने
-मतदाताको गोपनियता भंग गर्न नपाइने ।
राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहिता हेर्न यहाँ क्लिक गर्नुहोस ।












