उम्मेदवारको खर्चसीमा बढाउन निर्वाचन आयोगको प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचनका बेला उम्मेदवारले गर्ने खर्चमा निर्वाचन आयोग लचक भएको छ ।

निर्वाचन आयोगले आगामी प्रतिनधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने भएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ ८र८ लाखसम्म खर्च सीमा बढाउने प्रस्ताव गरेको छ ।

यसअघि उम्मेदवारहरूले प्रदेशसभामा अधिकतम १५ लाख र प्रतिनिधिसभामा २५ लाख खर्च गर्न पाउँथे । यसपटक भने प्रदेशसभातर्फ १८ लाख र प्रतिनिधिसभातर्फ उम्मेदवार बन्नेले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

यस पटक आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ विभिन्न ४ आधारमा ५ वटा वर्गमा खर्च सीमाको प्रस्ताव गरेको छ । निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरूको कुल संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल, मतदान केन्द्र संख्या र मुद्रास्फितिलाई आयोगले आधार मानेको छ ।

  • ११ आश्विन २०७९, मंगलवार १६:२३ प्रकाशित