राप्रपामा प्रवेश गर्दै रवीन्द्र मिश्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको उनको भनाइ छ ।

मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ ।

रवीन्द्र मिश्र र राप्रपाबीच लामो समययता एकताका लागि छलफल हुँदै आएको थियो । अन्तत् राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा एकता घोषणा सभा हुनेछ ।

  • ११ आश्विन २०७९, मंगलवार १२:०३ प्रकाशित