देउवाविरुद्ध शेखर पक्षले थाल्यो आन्दोलन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका संस्थापनइतर समूहका थप आन्दोलनको घोषणा गरेको छन्। सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन्।

सोमबार ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गते पार्टी कार्यालयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा पक्ष विरूद्ध डा शेखर कोइराला र गगन थापा निकट नेताहरूले आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले पार्टीमा आफ्नो समूहलाई ४० प्रतिशत हिस्सा नदिए विद्रोह गर्ने चेतावनी दिइसकेका छन्।

  • १० आश्विन २०७९, सोमबार १४:१० प्रकाशित