दशैं आयो, भेडाच्यांग्रा पोखरा भित्रिए (फोटोफिचर)

केन्द्रभाग मिडिया

पोखरा ।

दशैं लागेसगै पोखरामा भेडाच्यांग्रा भित्रन थालेका छन् । मुस्ताङबाट भेडाच्यांग्रा आउन नपाउदै अहिले पश्चिमबाट ल्याइएका भेडाच्यांग्रा पोखराको बजारमा विक्री भइरहेको छ । ६/७ हुल भेडाच्यांग्रा पोखरा आइपुगेका छन् ।


हुम्ला, डोल्पा, बाजुरा र जुम्लाबाट भेडाच्यांग्रा पोखर ल्याएको व्यवसायी बताउछन् । तीन दिन तीन रात लगाएर भेडाच्यांग्रा पोखरा आइपुगेको व्यवसायी पिटर बोहोरालो बताए ।

पोखराको भाथिल्लो भेक याम्दी पुलमा भेडाच्यांग्रा बिक्रीका लागि राखीएका छन् । घटस्थापना सुरु भइसकेकाले भेडाच्यांग्रा किन्नेको भिड लाग्ने गरेको छ ।

अन्य बस्तुको जस्तै महंगीले यस पटक भेडाच्यांग्राको मुल्य पनि बढेको छ । जिउदो च्याङ्ग्राको मुल्य १२÷१३ सय पर्ने व्यवसायी बताउछन् । भेडाच्यांग्रा जोखेर किन्न भने पाइदैन । व्यवसायीले प्रति गोटा मुल्य निर्धारण गरेका हुन्छन् । एउटा च्यांग्राको मुल्य २५ हजार देखी ५० हजार सम्ममा उपभोक्ताले खरिद गरेका छन् ।

दशंैँमा अधिकांस पोखरेलीको भान्छामा च्यांग्राको मासु पाक्ने गर्छ । मासु व्यवसायीले पनि दशैंको लागि भनेर च्यांग्राको मासु बिक्री गर्ने भएकाले पोखरामा भेडाच्यांग्राको बिक्री धेरै हुने गरेको छ ।

पछिल्ला तीन बर्ष तिब्बतबाट भेडाच्यांग्रा नेपाली भित्रिएका छैनन् । कोरोना महामारी सुरु भए पछि तिब्बत तर्फका नाका बन्द भए पछि भेडाच्यांग्रा आउन रोकिएको हो । तिब्बतबाट भेडाच्यांग्रा नआउदा नेपाली उत्पादनले बजरा धान्न सक्ने अवस्था नरहेको व्यवसायी रामबहादुर बोहोरा बताउछन् । अहिले खरिद महंगो छ, त्यस पनि गाडी भाडा पनि बढेको छ, बोहोराले भने ।

करिब ५० हजारको संख्यामा भेडाच्यांग्रा पोखरा भित्रने गरेको मा अहिले यो संख्या घटेको छ । तिब्बतबाट ल्याउन नाका नखुलेको र नेपाली उत्पादन कम हुदाँ भेडाच्यांग्राको मुल्य पनि बढेको छ ।

  • १० आश्विन २०७९, सोमबार १४:०८ प्रकाशित