गण्डकी सरकारले घटायो यातायात र मालपोत कर

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले करको दर हेरफेर गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले कर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव स्विकृत गरेको सरकारका प्रवक्ता कुमार खड्काले बताए ।

खड्काले यात्रुवाहक वसमा दिदै आएको ६० प्रतिशत छुटलाई पुनः कायम गरिएको बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमा यात्रुवाहक बसेले जेष्ठ नागरिक, विद्यार्थी, अपाङग लगाएतलाई छुट दिए वापत नविकरणमा सरकारले दिदै आएको छुट घटाएर ३३ प्रतिशतमा झारेको थियो ।

सरकारले पुरानै कर कायम नगरे व्यवसायीले गाडी नचालउने चेतावनी दिए पछि सरकार कर छुट पुरानै कायम गरेको हो ।
यस्तै सरकारले मालपोत र यातायात कर पनि घटाएको छ । मालपोतमा चार सय प्रतिशत सम्म कर बृद्धि भएको थियो । सानो पावरका सवारीमा कर बृद्धि नभए पनि ठुलो पावरका सवारीमा १० हजार भन्दा बढी कर बढाएको थियो ।

यात्रुवाहक वसको करछुट बढाउने अर्थको प्रस्ताव हो । भने मालपोत कर र सवारीसाधनको नविकरण करको दर घटाउने मुख्यमन्त्री स्वयंले प्रस्ताव गरेका हुन् । अर्थले यस विषयमा प्रस्ताव लैजान अस्विकार गदै आएको थियो ।

यस्तै संसद अधिवेशन अन्त्य गरेको सरकारले दुइ वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकले दुइ अध्यादेश सहित करका दर हेरफेर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए ।

मन्त्रिपरिषद्ले स्थानीय सेवा ऐन र निजामती सेवा सम्बन्धी अध्यादेश पास गरेको खडकाले बताए । संघीय सरकारले निजामती ऐन जारी नगरे पछि काम गर्न अप्ठ्यारो भएको भन्दै गण्डकी सरकारले अध्यादेश ल्याएको हो ।

  • ८ आश्विन २०७९, शनिबार १९:०४ प्रकाशित