कुनै दलको एमालेसँग एक्लै भिड्ने हैसियत छैन : रायमाझी

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन्।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाए।

नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार  काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरु गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहोर्‍याए।

सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशीरविदेशी प्रतिक्रियावादीको इसारामा चलेकाले उनीहरुलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताए।

‘नेकपा ९एमाले०सँग शनिबार निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरुले गठबन्धन बनाए बाट पुष्टि हुन्छ। तथ्यले त्यही बताउँछ । आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरुले गठबन्धन आवश्यक्ता हो भनेर काँग्रेसको पुच्छर बनिरहेका छन्।’ उनले भने, ‘गठबन्धन गरे पनि उनीहरुलाई सजिलो छैन । एउटा पार्टी भित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँटमा समस्या भईरहेको छ भने उनीहरुलाई झन गाह्रो हुनेछ । यो गठबन्धन देशी, विदेशी प्रतिक्रियावादीहरुले बनाएका हुन्। यो उनीहरुकै इसारामा चल्छ ।’

सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने समेत उल्लेख गरे। उनले सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने भन्दै एमालेको पक्षमा मतदान गर्न पनि सबैलाई आग्रह गरे।

  • ८ आश्विन २०७९, शनिबार १७:४० प्रकाशित