साताको अन्तिम दिन डलर बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

आज डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १२७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२८ रुपैयाँ २७ पैसा थियो ।

यस्तै आज युरो एकको खरिददर १२७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।

आज बेलायती पाउण्ड पनि बढेको छ । बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा थियो।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९ रुपैयाँ ०९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३१ पैसा र बिक्री दर ३४ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४० पैसा रहेको छ ।

  • ७ आश्विन २०७९, शुक्रबार १०:३३ प्रकाशित