आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको एकको खरिददर १२७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०६ पैसा रहेको छ । आज युरो एकको खरिददर १२७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९९ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८ रुपैयाँ २३ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा रहेको छ ।

  • ५ आश्विन २०७९, बुधबार १०:१८ प्रकाशित