नागरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिकता विद्येयक रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग निवेदनकर्ताको छ ।वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ ।

निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ । वरिष्ठ अधिवक्ता भण्डारीले नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले त्यो विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी निवेदन पेश भएको बताए ।

मंगलबाट स्थगित भएको निवेदन फेरि बुधबारका लागि पेशी तोकिएको छ ।

  • ४ आश्विन २०७९, मंगलवार १४:११ प्रकाशित