निर्वाचन आयोग पुगी नाराबाजी गर्ने तीन पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगबाट तीन जना पक्राउ परेका छन् । आयोग पुगी होहल्ला तथा नाराबाजी गरेको आरोपमा समाजवादी केन्द्रका अध्यक्षसहित तीन जना पक्राउ परेको जनाइएको छ ।

आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

  • २ आश्विन २०७९, आईतवार १६:१६ प्रकाशित