तनहुँमा रामचन्द्र पौडेल विरुद्ध बाँस्तोलाले गरे उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

दमौली ।

तनहुँमा कांग्रेस छाडेका विश्व बाँस्तोला वरिष्ठ नेता रामचन्द्रविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा पार्टीले योगदानअनुसार टिकट वितरण नगरेको भन्दै बास्तोलाले नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा दिएका थिए ।

आफू अहिले कुनै दलमा नभएकाले स्वतन्त्र उम्मेदवारी दिने उनले बताएका छन् ।तनहुँ १ बाटै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि चुनाव लड्ने तयारी गरिरहेका छन् ।

  • ३० भाद्र २०७९, बिहीबार १५:०३ प्रकाशित