उम्मेदवारले खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने आयोगको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उमेदवारले एक महिनाभित्र खर्च सार्वजनीक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका हुन् । कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उनको भनाइ छ ।

यसका लागि उमेदवारले गर्ने खर्चको पनि नियोकले पर्यवेक्षण गर्दै दलीय व्यवस्थामा दलले आफ्ना नीति विचार र सिद्धान्त स्पष्ट गर्नुपर्ने भन्दै उनले निर्वाचनमा भाग उम्मेदवारले लिने हो कि दलले लिने हो प्रस्ट पार्दै आयोगले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको बताए ।

  • ३० भाद्र २०७९, बिहीबार १३:५१ प्रकाशित