पोखरा ।
गण्डकी प्रदेशका भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पोखरा–१६ को के. आई. सिंह पुल देखि महेन्द्रगुफासम्म बन्ने नालाको शिलन्यास गरेका छन् । बुधबार एक कार्यक्रमका बिच मन्त्री खड्काले महेन्द्र गुफामा नालाको शिलन्यास गरेका हुन् ।
पोखराको पर्यटकिय मार्गको रुपमा समेत चिनिएको उक्त सडक खण्डमा नाला, नाला माथि सल्याव, हिडने फुटट्याक निर्माण हुने बताइएको छ ।
१२ करोडको लागतमा उक्त काम सम्मपन्न हुने सो अवसरमा जानकारी दिइयो । पर्यटकिय गन्तब्य महेन्द्रगुफा, चमेरी गुफा, कुमारी गुफा, क्रेजि गुफा, प्याराग्लाईडिङ गर्न सकिने ढिकिडाडाँ, रमणिय बाताबरणमा रहेको र होमस्टे सहितको अर्मलाकोट, रमणिय ठुलीबेसि फाट, गहिरियर गयको हेर्ने सेती नदी सो क्षेत्रमा पर्छन ।
यस्तै कास्कीका कम्तीमा पनि १५ वटा वडाका सिचाई योग्य जमिनलाई सिंचाई गर्नको लागि बनाईयको सेती फिल्टर र नहरको मुहान, कालीखोलाको उद्गगम स्थल, चण्डीका माता, अम्बीका माता र कालीका माताको मन्दिर, महेन्द्रेश्वर महादेवको मन्दिर लगायतका धार्मिक स्थल रहेको क्षेत्र पोखराका पर्यटकिय गन्तब्य हुन् ।
फुटट्याकले ती क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा महत्वपुर्ण भुमिका खेल्नेछ मन्त्री खड्काले विश्वास व्यक्त गरे। मन्त्री खड्का सोही क्षेत्रका स्थानीय समेत रहेका छन् । उक्त क्षेत्रको विकासमा मन्त्री खड्काले महत्वपूर्ण योजनाहरु संचालन गरिरहेका छन् ।