ललितपुर ।
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गेका छन्।
खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए । बेरी आफ्नो कार्यकाल सकर स्वदेश फर्कने तयारीमा छन् ।
फर्कने क्रममा उनले नेपाली उच्च पदस्थ राजनीतिक नेतृत्वसंग भेटघाटलाई निरन्तरता दिएका छन् ।












