महेन्द्रपुलमा चल्यो महानगरको डोजर, (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले महेन्द्र पुलमा रहेका आफ्ना संरचनामा डोजर चालाएको छ । महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको हो ।

ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको थिया । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ ।

अब उक्त स्थललाई पार्क र पार्किङ स्थलको रुपमा उपयोग गर्ने महानगरका मेयर धनराज आचार्यले जानकारी दिएका छन् । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी भत्काइएपछि अब आर्ट ग्यालरी र पुस्तकालयलाई अन्यत्र व्यवस्थापन गर्ने मेयर आचार्यले बताएका छन् ।

 

  • २३ भाद्र २०७९, बिहीबार ०९:३५ प्रकाशित