पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ ।
आज एक युरोको खरिददर १२६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ २६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।
आज एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९९ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३४ रुपैयाँ १० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ ।