डलरको भाउ कति पुग्यो ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १२७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०६ पैसा रहेको छ ।

आज एक युरोको खरिददर १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४२ पैसा रहेको छ ।

आज एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ७९ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।

  • २१ भाद्र २०७९, मंगलवार ०९:५२ प्रकाशित