पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिती कास्कीको समन्वयमा कास्कीका वडा अध्यक्षहरुको लागि दुई दिने तालिम सोमबार देखि पोखरामा सुरु भएको छ ।
तालिमको जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका हुन । पौडेलले तालिमले जनप्रतिनिधिहरूलाइ अनुभव आदान प्रदानका साथै सिक्ने र सिकाउने अबसर प्रदान गर्ने बताए । उनले जनताका कामलाइ छिटो, छरितो र विधि सम्मत तरिकाले सम्पन्न गर्न तालिमले सहयोग पुग्ने भन्दै बिकास र समृद्धिका निम्ति आबश्यक दक्षता बढाउन सहयोग पूर्याउने बिश्वास ब्यक्त गरे ।
तालिममा संबैधानिक र कानुनी अधिकार, जिम्मेवारी तथा योजना निर्माण सम्बन्धि प्रशिक्षण प्रदान गरिने बताइएको छ।
२० र २१ भदौमा पोखरा महानगरका वडा अध्यक्षहरू तथा २२ र २३ भदौमा गाउँपालिकाका वडा अध्यक्षहरूको सहभागिता रहने कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए।