नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।
दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि २३१ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले  । ६७ रन बनाउनु भएका रोहितले ९५ बलमा सात चौकाको सहयोमा उक्त रन बनाए । । देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसी ११ रन बनाए ।

बलिङमा केन्याका भिराज पटेल र शेम एन्गोचे दुई दुई विकेट लिए । नेहिमिह ओधियाम्बोले लुकास एन्डान्डासन, जेरार्ड मुथुइ र रकिब पटेलले एक एक विकेट लिए ।  नेपाल आजको खेलमा जित निकाल्दै एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ ।

तीन खेलको सिरिजमा नेपाल अहिले १–० ले अगाडि छ । नेपाल पहिलो खेलमा सात विकेटको विजयी भएको थियो । नेपाल र केन्याबीचको अन्तिम खेल सोमबार हुनेछ । यसअघि पाँच खेलको टी–२० सिरिज नेपालले ३–२ ले जितेको थियो ।

  • १८ भाद्र २०७९, शनिबार १५:५९ प्रकाशित