महानगरलाई निजी क्षेत्रको साथ : पोखरामा ३२ निजी सौचालय बने सार्वजनिक

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले विभिन्न स्थानमा निःशुल्क सर्वाजनिक सौचालयको सुरुवात गरेको छ । विभिन्न व्यवसायी घराना र व्यक्तीले महानगरको निःशुल्क सौचालय संचालन गर्न साथ दिए पछि महानगरले ३२ वटा स्थानमा सार्वजनिक सौचालयको सुरुवात गरेको हो ।

महानगर प्रमुख धनराज आचार्यले बिहिबार एक कार्यक्रमका बिच निजी सौचालयलाई सार्वजनिक प्रयोका लागि सुरुवात गरे । पोखरा-९ न्युरोडमा रहेको सिटी स्क्वायर रेष्टुरेन्टको दुइ वटा सौचालयलाई सार्वजनिक सौचालयको रुपमा प्रयोगमा ल्याई अभियानको सुरुवात गरिएको हो ।

महानगरले सर्वसाधरणका लागि सौचालय उपभोग गर्न दिन ईच्छुक व्यक्ती संस्थालाई महानगरमा सम्पर्क गर्न गएको असार ३१ गते सार्वजनिक सूचना मार्फत आब्हन गरेको थियो । सोही अनुसार विभिन्न व्यक्ती र संघसंस्थाले विभिन्न वडाका ३२ स्थानमा सर्वाजनिक सौचालयका रुपमा खुल्ला गरिएको महानगरले जनाएको छ ।

बैंक, रेष्टुरेन्ट, निजि घर, पेट्रोलपम्प र व्यवसायीले आफ्नो निजी सौचालायलाई सर्वाजनिक प्रयोगका लागि खुल्ल गर्न महानगरसंग सम्झौता गरेका छन् ।

अभियानको सुरुवातको क्रममा बोल्दै महानगर प्रमुख आचार्यले कार्यपालिकाको बैठकले सबै वडाहरु र मुख्यबजारमा सार्वजनिक सौचालय बनाउने निर्णय गरेको जनकारी दिए ।

यो वर्ष कम्तिमा पनि एक वडा एक सौचालय निर्माण हुने आचार्यले बताए । महानगरले सार्वजनिक सौचालय बनाई नसक्दाको अवस्थामा निजी स्तरबाट सार्वजनिक सौचालयका रुपमा उपभोग गर्न दिएका सौचालयलाई प्रयोग गरिने महानगरले जनाएको छ ।

महानगरले सौचालएको सरसफाइमा प्रयोग हुने किटहरु आवश्यकता सौचालयका संचालकहरुलाई उपलब्ध गराउने छ । सार्वजनिक सौचालय रहेका स्थानको सूचना हुने गरी संकेत सहितको प्लेट टासिएको छ ।

  • १६ भाद्र २०७९, बिहीबार १८:५८ प्रकाशित