सहमतिको वातावरण बनाउन सर्वदलीय बैठक बोलाए प्रधानमन्त्री देउवाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बिहीबार बिहान १० बजेका लागि देउवाले सर्वदलीय बैठक बोलाएको हुन् ।

संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाएका देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

एमालेले माधव कुमार नेपालतिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ । तर सभामुखले भने यो विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै आफूले केही गर्न नसक्ने जनाउँदै आएका छन् ।

त्यसपछि आक्रोशित बनेको एमालेले संसद्मा नाराबाजी गर्दै अवरोध गर्दै आएको छ । अवरोधकै बीच पनि संसद्बाट अध्यादेश तथा विधेयकहरू पारित भइरहेका छन् ।

यसअघि सभामुख अग्नि सापकोटाले पनि सदनको गतिरोध अन्त्य गर्न पहल गरेका थिए । त्यसका लागि उनले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।

  • १३ आश्विन २०७८, बुधबार २०:२४ प्रकाशित