एकाबिहानै बन्दकर्ताले गरे टिपरमा आगजनी

केन्द्रभाग मिडिया

दाङ ।

दाङमा बिहानै टिपरमा आगजनी भएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।

प्रहरीका अनुसार टिपर चालकले बिहान चार(पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनी बन्दकर्ताले गरेको आशंका गरिएको छ । तर आगजनी कसले गर्‍यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको छ

  • ७ भाद्र २०७९, मंगलवार ०८:५० प्रकाशित