निर्वाचनका लागि सेनासँग हतियार सापटी लिदैं प्रहरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँगबाट हतियार सापट लिने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको भन्दै प्रहरीले नेपाली सेनासँग हतियार मागेको जनाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी सुरक्षाका लागि सेनासँग २ हजार ६ सय थान साना हतियार माग गरिएको छ । स्थानीय तहको निर्वाचनमा समेत सेनासँग हतियार मागेर काम चलाएको प्रहरीले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पनि सेनासँग हतियार सापट लिन लागेको हो ।

सेनाले माग अनुसार नै हतियार उपलब्ध गराएको अवस्थामा चुनावी सुरक्षाका लागि पेस्तोलको उपलब्धता पर्याप्त हुने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले आगामी निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने भन्दै प्रस्ताव पेस गरेको छ ।

  • ६ भाद्र २०७९, सोमबार १४:३० प्रकाशित