जनकपुरधाम ।
महोत्तरी प्रहरीले अश्लील नृत्य प्रस्तुत गर्ने ९ जना नर्तकीलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको अर्केष्ट्रामा अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कृष्णाजन्मष्टमीको अवसरमा राखिएको अर्केष्ट्रामा भारतबाट बोलाइएकी नर्तकीले अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी गौशालाले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका नर्तकीलाई आइन्दा नेपाल छिरेर यस किसिमको नृत्य नगर्न चेतावनी दिदैं सम्बन्धित कम्पनीको जिम्मा लगाएको जनाइएको छ ।
चाडपर्व नजिकिएसँगै मधेशका जिल्लामा अर्केष्ट्रा आयोजन गर्ने क्रम बढेको छ ।














