साताको पहिलो दिन सेयर बजार : २ अर्बको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौ ।

साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज एकल अंकको सामान्य गिरावट आएको हो । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ ।

आइतबार बजार परिसूचक नेप्से ७.७२ अंक (०.३७ प्रतिशत) ले गिरावट हुँदा २०६०.५५ अंकमा बन्द भएको हो । बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन, निर्जीवन बीमा र उत्पादनमूलक उपसूचक पनि बढेको छ । त्यसबाहेकका सबै उपसूचकमा गिरावट भएको छ ।

आइतबार दिनभर नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएको छ ।

  • ५ भाद्र २०७९, आईतवार १६:२१ प्रकाशित