साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आइतबार आज एक डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ ।

आज एक युरोको खरिददर १२८ रुपैयाँ १३ पैसा बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ११ पैसा रहेको छ।

आज युके पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९४ र बिक्रिदर १५१ रुपैयाँ ६५ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ ।

  • ५ भाद्र २०७९, आईतवार १०:०४ प्रकाशित