पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर र युरोको भाउ बढेको छ । आज एक डलरको खरिददर १२७ रुपैयाँ १८ पैसा र बिक्रदर १२७ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४२ पैसा थियो ।
आज एक युरोको खरिददर १२९ रुपैयाँ ३३ पैसा बिक्रीदर १२९ रुपैयाँ ९४ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा थियो । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा रहेको छ।
आज युके पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ४६ र बिक्रिदर १५४ रुपैयाँ १८ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।