रौतहट ।
रौतहटमा बसले रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बस दुर्घटनामा परेको हो । बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बसका चालक चन्दन कुमार साहलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रहरीले जनाएको छ।














