मौसम पूर्वानुमान : मेघ गर्जनसहित वर्षाको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।
बंगालको खाडीको उत्तर पश्चिम भु–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

हाल देशभर आँशिक देखि सामान्य बदली भई एक/दुई स्थानमा वर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • १३ आश्विन २०७८, बुधबार ०६:४६ प्रकाशित