नाइकेले पैसा असुलेको भन्दै नख्खु जेलभित्र बन्दीहरूको नाराबाजी

केन्द्रभाग मिडिया

काठमाडौं ।

ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् ।

नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरु बन्दीहरू आन्दोलित बनेका हुन् । कारागार प्रशासनका एक कर्मचारीका अनुसार बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो ।

कारागार प्रमुख सुवास लामिछानेले भने सीमित व्यक्तिविरुद्ध अर्को समूहले नाराबाजी गरेको बताए ।

  • २५ श्रावण २०७९, बुधबार १६:५४ प्रकाशित