स्याङ्जामा थपिए ६ हजार बढी नयाँ मतदाता

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् ।

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् ।

साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए ।

जिल्लाका ११ स्थानीय तह अन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी तीन स्थानमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको उनले बताए ।

  • २५ श्रावण २०७९, बुधबार १५:४४ प्रकाशित