काठमाडौं ।
सर्लाहीका कुख्यात मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहको दम्पतिविरुद्ध मुद्धा दायर भएको छ । उनीहरुविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ ।श्यामकृष्णकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले शाहविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो । विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका-२ स्थायी घर भएका शाहले आफूसहित श्रीमती, छोराछोरी, बुहारी, ज्वाइँलगायतका नामबाट ४८ जना सर्वसाधारणलाई एक करोड १ लाख ९२ हजार रूपैयाँ ऋण लगानी गरेका थिए । शाहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रूपैयाँ ब्याज लिएको विभागको दाबी छ ।
ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्रस जोडेर ३ करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गरिएको हो । मन्जुदेवीको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गरिएको छ।














