काठमाडौंको काँडाघारी डुबानमा

केन्द्रभाग मिडिया

काठमाडौं । 

काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।

 काठमाडौंको काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा परेको छ । प्रभाग काँडाघारीको एक तलाको पूरै भाग डुबाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीको मेशको खाद्यान्न, भाँडावर्तन र फर्निचर बगाएको छ । कार्यालयसँगै राखिएको ३ वटा मोटरसाइकल पनि बगाएको छ ।अविरल वर्षाको कारण मनोहरा खोला किनारका बस्तीमा धेरै क्षति गरेको छ । बाढीका कारण अलपत्र परेका मानिसहरु र चौपायालाई सुरक्षाकर्मीको सहयोगमा उद्दार गरिएको प्रहरीले जनाएको छ ।

स्थनीयको सहयोगमा प्रहरीले खहरे भन्दा माथी राडारबाट बाढीले अलपत्र परेका दुईजनाको उद्दार गरेको छ । गोठाटारबाट ७ वटा गाडीलाई डुबानबाट बाहिर निकालिएको जनाइएको छ ।

  • २५ श्रावण २०७९, बुधबार ०९:४५ प्रकाशित